Prakash Adhikari February 14, 2023

कीर्तिपुर(काठमाडौं), २ फागुन । आजदेखि नेपालमा भैरहेको आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिदेशीय सिरिजको पहिलो खेल नेपाल र नामिबियाबीच सुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिड. गर्ने निर्णय लिएको छ ।

हालसम्मको अंक तालिकामा छैठौं स्थानमा रहेको नेपाल यो सिरिज जितेर माथि उक्लिने प्रयासमा रहेको छ । नेपाली टिम घरेलु मैदान, परिचित अनुकूल हावापानी र घरेलु समर्थकको भरपूर्ण फाइदा उठाउने सोंचमा रहेको छ । नेपाली टोलीका कप्तान रोहित पौडेलले यसपटक खेलाडीहरुको संयोजन मिलेकोले आफूहरु सिरिज जित्ने तयारीमा मैदानमा उत्रिएको बताउनुभएको छ ।

ICC MEN’S CRICKET WORLD CUP LEAGUE 2
TEAM M W L PT NRR
SCOT 32 22 8 46 0.638
OMA 36 21 13 44 0.039
NAM 30 18 11 37 0.484
USA 36 16 17 35 -0.040
UAE 26 12 11 27 0.051
NEPAL 24 8 14 18 -0.331
PNG 28 2 25 5 -0.982

नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव १२ खेल खेल्न बाँकी छ । जसमा चार खेल युएईमा गएर खेल्नेछ । ८ खेल घरेलु मैदानमा हुनेछन् । नेपालले सबै खेल जित्न सके शीर्ष तीनको सम्भावना अंक गणीतिय देखिन्छ ।

शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपाल पहिलो खेलमै सानदार जितका साथ पुरै मेमोन्ट आफ्नो हातमा राख्न चाहन्छ । नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक जोड्दै तेस्रो स्थानमा छ ।

नेपालले राष्ट्रिय टिमका मुख्य प्रशिक्षकमा मोन्टी देशाईलाई नियुक्त गरेपछि उहाँको प्रशिक्षण पछि हुन लागेको नेपाली टिमको यो पहिलो प्रतियोगिता हो । विगतमा यु १९ टोलीलाई विश्वकपमा राम्रो एक्सपोजर दिएका देशाई अहिले पनि त्यही जश मिल्ने विश्वासमा छन् ।

नेपालले पूर्वकप्तान सन्दीप लामिछानेलाई पनि प्लेडड. ११ मा समेटेको छ । कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रिएको नेपाली टिमको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, , दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।

Share Now

Leave a comment.