
सानेपा, (ललितपुर)१८ चैत्र । नेपाली कांग्रेसले आज निर्धारित केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार एक प्रेस विज्ञप्ति प्रकाशित गरी यसको जानकारी गराएका हुन् ।
नेपाली कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७४ चैत्र ९ गतेदेखि निर्वाचन समिक्षा सम्बन्धमा चलिरहेको केन्द्रीय कार्यसमितिको भोलि चैत्र १८ गते विहान ११ः०० बजे बस्ने भनिएको सातौ दिनको बैठक स्वर्गीय खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।’