कीर्तिपुर(काठमाडौं), २५ फागुन । नेपालका ओपनिड. ब्याट्सम्यान आशिफ शेखले आज कीर्तिपुरमा भैरहेको पपुवा न्युगिनीविरुद्धको खेलमा दुई रेकर्ड कायम गरेका छन् ।
उनले आज एक दिवसीय खेलमा हजार रन पूरा गरेको रेकर्ड कायम गरे । त्यसको केही क्षणमा नै उनले आफ्नो एक दिवसीय खेल जीवनमा पहिलो शतकको रेकर्ड पनि बनाए ।
आशिफले ३२ औं ओभरको दोस्रो बलमा ९० बलमा १० चौका र २ छक्का हान्दै वन डे क्रिकेटमा १ हजार रन पूरा गरेका हुन्।
वन डे मा एक हजार रन पूरा गर्ने आशिफ दोस्रो खेलाडी हुन्।
यसअघि घरेलु मैदानमा भएको लिग २ अन्गर्ततको खेलमा कप्तान रोहित पौडेलले १ हजार रन पूरा गरेका थिए।
रोहितले नामिबियाविरुद्धको खेलमा १ हजार रन पूरा गरेका थिए।
आजको खेलमा ओपनरका रुपमा मैदान आएका उनले १ सय १ बलको सामना गर्दै शतक बनाएका हुन्। उनले ३५ ओभरको अन्तिम बलमा १ रन लिंदै आज शतकको रेकर्ड बनाएका हुन् । उनले यसअघि सर्वाधिक ९० रन बनाएका थिए।