Prakash Adhikari March 9, 2023

काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको छ।

रिट निवेदन आज सुनुवाइ गर्न चौथो नम्बरमा पेसी तोकिएको छ। चौथो नम्बरमै भएकाले आजै सुनुवाइ हुने सम्भावना बढेको छ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा जनयुद्धमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेर दिएको अभिव्यक्तिका आधारमा पीडित परिवारले उनीविरुद्ध कारबाही माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन्।

सर्वोच्च अदालतले आजै बिहान १० बजो अदालतमा उपस्थित हुन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरुद्ध पनि पर्चा खडा गरेको थियो ।

 

Share Now

Leave a comment.