Prakash Adhikari April 1, 2018

बुटबल(रुपन्देही), १८ चैत्र । बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रुस्लान थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्ने भएका छन् ।

बुटवल–१० रामनगरस्थित मान विज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा आइतबार सम्पन्न सेमिफाइनलमा थ्रीस्टारले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई १–० को अन्तरले हराएको छ ।

थ्रीस्टारको जितमा एक मात्र निर्णायक गोल बुद्ध चेम्जोङले गरेका थिए ।

अब थ्री स्टारले फाइनलमा मनाड. मस्र्याड.दीको सामना गर्नेछ ।

खेलको म्यान अफ द म्याच थ्रीस्टारका अफ्रिकी डिफेण्डर पिटर सेगुन घोषित भए ।

कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख ५० हजार प्राप्त गर्नेछ ।

Share Now

Leave a comment.