Prakash Adhikari March 11, 2023

च्यासल(ललितपुर), २७ फागुन । नेकपा एमालेले उपराष्ट्रपति पदमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाइ उठाउने भएको छ।

आज बसेको एमाले सचिवालयको बैठकले सो निर्णय गरेको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार उपराष्ट्रपतिको उम्मेदवार चयनका सम्बन्धमा निर्णय गर्न बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो।

आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।

एमालेले राष्ट्रपतिमा पनि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको थियो। उहाँ सत्तारुढ नौ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित हुनुभयो।

 

 

Share Now

Leave a comment.