काठमाडौं । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नयाँ बानेश्वरस्थित संसदभवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेतृ शाक्यले उम्मेदवारी दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरू सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्टलगायत पनि बानेश्वर पुग्नुभएको थियो ।
एमाले सचिवालय बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो ।
यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उहाँलाई उम्मेदवार बनाएको थियो ।


















