Prakash Adhikari March 16, 2023

 

काठमाडौं, २ चैत्र । आन्तरिक उडानतर्फ बुद्ध एयरले बेस्ट एयरलाइन्स अफ द इयरको अवार्ड पाएको छ।

९ वटा अन्तरिक वायु सेवा कम्पनीको प्रतिस्पर्धामा बुद्धले अवार्ड पाएको हो।

ग्लोबल एक्रिडिएसन काउन्सिलले आन्तरिक तर्फ नौ वटा वायुसेवाको प्रतिस्पर्धा गराएको थियो।

अनलाइनमार्फत भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन र निर्णयक मण्डलको निर्णयको आधारमा बुद्धले सो अवार्ड जितेको हो।

त्यस्तै बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेतले नेपाली वायुसेवा कम्पनीमा सीईओ अफ द इयरको अवार्ड प्राप्त गरेका छन्।

आन्तरिक उडानमा काठमाडौं र पोखरालाई हब बनाएर बुद्ध एयरले उडान गर्दै आएको छ।

Share Now

Leave a comment.