Prakash Adhikari March 20, 2023

 

वर्न(स्वीजरल्याण्ड), ६ चैत्र । स्वीजरल्याण्डको सबैभन्दा ठूलो बैंक युबीएसले संकटग्रस्त प्रतिद्वन्द्वी बैंक क्रेडिट सुइसको सम्पूर्ण वा केही अंश किन्न वार्ताको अन्तिम चरणमा रहेको बताइएको छ। अमेरिकी समाचार संस्था सीएनएनले युएसबीले स्वीस बैंकका लागि ३ अर्ब स्वीस फ्र्याड.क( ३ अर्ब २५ करोेड अमेरिकी डलर) तिर्न तयार भएको छ । यो मूल्य शुक्रबार बजार बन्द हुनुपूर्व सो बैंक योग्य भएको मूल्यको ६० प्रतिशत जतिमात्र हो ।

यो १ सय ६७ बर्ष पुरानो बैंकको शेयर एक हप्तामा २५ प्रतिशतसम्मले गिरेको थियो । अर्कोतिर खातावालले दिनहुँ १० अर्बभन्दा बढी डलर झिकिरहेका थिए । स्वीस नेशनल बैंकबाट लिइएका ५४ अर्ब डलरको आकास्मिक कर्जाले पनि यो रक्तस्राव जस्तो संकट रोक्न सकेको थिएन ।

 

नियामकहरूले सोमबार बजार खुल्नुअघि खरिद बिक्री सम्झौता पूरा गर्ने प्रयास गरिरहेका छन्। बुधबार बैंकको सेयर २४ प्रतिशतले घटेपछि क्रेडिट सुइसको सेयर अझै ओरालो लाग्ने चिन्ता थियो ।

त्यसबेलादेखि युरोपेली बजारमा बिक्रीको अवधि सुरु भएको थियो र ठूलो वित्तीय संकटको चिन्ता व्यक्त गरिएको थियो।

स्वीट्जरल्याण्ड सरकारले शनिबार राति आपतकालीन बैठक बोलाएको छ तर अहिलेसम्म सम्झौताको वार्ताका सम्बन्धमा आधिकारिक धारणा आएको छैन ।

समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै यूबीएसले क्रेडिट सुइस खरिद गरेमा सरकारले नै ६ अर्ब डलरको मूल्य तिर्नुपर्ने माग गरेको बताएको छ ।

बैंक बिक्री गर्ने सम्झौता भएमा ठूलो परिमाणमा रोजगारी गुम्ने खतरा हुन्छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यदि दुवै बैंक एकसाथ आउने सम्भावना छ भने १० हजारसम्मको रोजगारी गुम्न सक्छ ।

स्विट्जरल्याण्डको बैंकमा यो संकट यस्तो बेला आएको हो जब अमेरिकाका दुई बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक असफल भएका छन् । त्यसयता विश्वभर नै बैंकिङ प्रणालीलाई लिएर चिन्ता बढिरहेको छ ।

सिग्नेचर बैंकले ठूलो नोक्सानको बारेमा कुरा गर्‍यो र भन्यो कि यो रकम जुटाउन गाह्रो हुन सक्छ, जसले विश्वभरका स्टार्टअपहरूलाई असर गर्नेछ।

क्रेडिट सुइस १६७ वर्षअघि सन् १८५६ मा स्थापना भएको थियो। बैंकले हालैका वर्षहरूमा धेरै घोटालाहरूको सामना गरेको छ, जसमा सम्पत्ति शुद्धीकरणको आरोप पनि छ।

बैंकले सन् २०२१ मा घाटा बेहोरेको थियो । त्यसपछि सन् २०२२ मा ७.९ अर्ब डलरको नोक्सानी बेहोरेको थियो । यो बैंकको लागि सन् २००८ यताकै सबैभन्दा खराब आर्थिक वर्ष थियो । बैंकले सन् २०२४ अघि नाफा दर्ता गर्न नसक्ने चेतावनी दिएको छ ।

बैंकले सन् २०२४ सम्म नाफामा जान नसक्ने चिन्ता व्यक्त गरेको छ । युबीएसले सन् २०२२ मा ७.६ अर्ब डलर नाफा कमाएको थियो ।

 

Share Now

Leave a comment.