काठमाडौं, ६ चैत्र । पर्यटकीय सिजन सुरु भएसँगै मुलुकका ५ हिमाल आरोहणका लागि ५० जना आरोहीले अनुमति पाएका छन्। पर्यटन विभागका अनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि मात्र ३४ जनालाई अनुमति दिइएको छ।
यस अन्तर्गत सुर्मा सरोवर (६५२३ मिटर), अन्नपूर्ण (८०९१ मिटर), पाङग्री गोलदुम्बा (६६२० मिटर), मनास्लु (८१६३ मिटर), थोराङ पिक (६१४४ मिटर) का लागि क्रमशः२, ३४, ६, ३, ५ जना पर्यटकले अनुमति लिएको विभागले जनाएको छ।
यो आरोहणमार्फत सरकारलाई रोयल्टीवापत १ करोड २९ लाख रुपैयाँ आम्दानी हुने मार्च १९ सम्मको विभागको हिमाल आरोहण विवरणमा उल्लेख छ।
पर्यटकीय सिजन सुरु भएसँगै यतिखेर हिमाल आरोहणसँगै घुमघाम गर्नका लागि अन्तर्राष्ट्रिय पर्यटक आगमनको दरमा सुधार आइरहेको विभागले जनाएको छ।
यो समय विदेशी पर्यटकले सगरमाथा, मनास्लु, अमादबलम लगायत विभिन्न शिखर आरोहणका लागि अनुमति लिने गरेका छन्।


















