न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २१ चैत्र(बीबीसी) । डोनल्ड ट्रम्पले स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएकोबारे झुटो विवरण उल्लेख गरेको भन्दै लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी न्यूयार्कस्थित क्रिमिनल कोर्टमा गर्नुभएको छ ।
सन् २०१६ को उक्त घटनामा मङ्गलवार उहाँविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू लगाइएको छ।
अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उहाँ पहिलो पूर्वराष्ट्रपति हुनुहुन्छ।

ट्रम्पले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गर्नुभएको थियो।
दिउँसो १ बजेपछि उहाँ ट्रम्प टावरबाट निस्किएर अदालततिर जानुभयो। कार चढ्नुअघि ट्रम्पले सञ्चारकर्मीहरूतिर फर्केर क्यामरातिर हेर्दै हात हल्लाउनुभएको थियो।

ट्रम्पको गाडी केही मिनेटमै अदालत पुग्यो।
“निकै अवास्तविक लाग्छ -वाउ, उनीहरूले मलाई पक्राउ गर्नेछन्”, ट्रम्प टावरबाट गाडी चढेर म्यान्ह्याटन क्रिमिनल कोर्टहाउस जाँदै गर्दा उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ।

अदालतमा प्रवेश गर्दा उहाँ शान्त र गम्भीर मुद्रामा हुनुहुन्थ्यो। बेलाबेलामा ट्रम्पले बाहिर जम्मा भएको भिडतिर हेरेर हात हल्लाउनुभएको थियो।
अदालतभित्र छिरिसकेपछि ट्रम्पले अधिकारीहरूसमक्ष आत्मसमर्पण गर्नुभयो अनि उहाँविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ्यो।

पक्राउ परेपछि उहाँलाई हतकडी भने लगाइएन।
अदालतभित्र ट्रम्प आफ्ना वकिलहरूको टोलीसँगै न्यायाधीशका अगाडि बस्नुभयाो। त्यसपछि उहाँले आफ्नो दलिल पेस गर्नुभयो।



झन्डै एक घण्टाको सुनुवाइपछि ट्रम्प स्थानीय समयानुसार दिउँसो ३ः३० बजेपछि अदालतबाट बाहिरिनुभयो।
तस्बिर स्रोत,REUTER

तस्बिर स्रोत,REUTERS

तस्बिर स्रोत,REUTERS

तस्बिर स्रोत,REUTERS


















