Prakash Adhikari April 5, 2023

काठमाडौं, २२ चैत्र । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै नेपालका आन्तरिक वायुसेवाहरुको हवाई भाडा घटेको छ।

वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो।

निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो। सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु ४ सय ४० भाडा घटेको छ। यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र ७ हजार ५ सय १० तिर्नुपर्दथ्यो भने अब ७ हजार ७० भाडा कायम गरिएको छ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट)को भाडा ३ सय ४५ घटेर अधिकतम भाडा रु ५ हजार ४ सय ९० कायम भएको छ। काठमाडौै भद्रपुर रुटमा रु ३ सय, विराटनगरमा २ सय ४०, जनकपुरका लागि रु १ सय ३०, पोखराका लागि १ सय ५५, भरतपुरका लागि १ सय १०, भैरहवाको २ सय ५, नेपालगञ्जका लागि १ सय ८५ र सुर्खेतका लागि ३ सय ४५ हवाई भाडा घटेको छ।

 

Share Now

Leave a comment.