Prakash Adhikari April 5, 2023

काठमाडौं, २२ चैत्र । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पासपोर्ट प्रकरणका बारेमा परको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले अमेरिकाको नागरिक रहेको बेलामा कानूनी हैसियत नभएको पुरानो नेपाली नागरिकता प्रयोग गरेर राहदानी बनाई दुरुपयोग गरेको विषयमा मुद्दा नचलाउने भनेर गरेको निर्णयविरूद्ध रिट परेको थियो । यद्धपि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा भएको सुनुवाइमा अन्तरिम आदेश भने दिइएको छैन ।

लामिछाने पक्षका अधिवक्ताहरूले सुनुवाइ भइरहँदा संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेको र अहिले यो विषयमा कुनै विवाद नरहेको बताएका थिए ।

सोमबार युवराज पौडेलले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गरी सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।

यसैगरी, उता चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनका अनुसार उहाँको उम्मेदवारी रहने भएको छ । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएको थिए ।

 

Share Now

Leave a comment.