Prakash Adhikari April 28, 2023

काठमाडौं, १५ वैशाख । गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट निर्वाचित सांसदहरुको आज सपथग्रहण हुनेभएको छ ।

प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सांसदहरुको आज सपथग्रहण हुन लागेको हो ।

अधिकारीका अनुसार बारा २ बाट निर्वाचित उपेन्द्र यादव,  चितवन–२ वाट निर्वाचित रवि लामिछाने तथा तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ ।

आज बिहान ठिक ११ः३० बजे संघीय संसद् सचिवालयको काठ घर नं २ सिंहदरबारमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

 

Share Now

Leave a comment.