Prakash Adhikari May 21, 2023

काठमाडौं, ७ जेठ । आजदेखि संघीय संसदका दुवै सदनमा सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे छलफल हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संघीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०।०८१ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ।

त्यस्तै राष्ट्रिय सभाको बैठक अपरान्ह १ः०१ मा संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

संसद् भवन (नयाँ बानेश्वर)मा बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘सम्माननीय राष्ट्रपति महोदयले २०८० जेठ ५ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८०।०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ।

यस्तै आजको सम्भावित कार्यसूचीमा आव २०८० ।०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनका विषयमा छलफल गरिने पनि उल्लेख गरिएको छ।

Share Now

Leave a comment.