Prakash Adhikari May 25, 2023

 

खलंगा(रुकुम पश्चिम), ११ जेठ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ का २२ वर्षीय रेखा खनाल (केसी), उहाँको छोरा रोशन केसी र सोही ठाउँकी २३ वर्षीय सितला नाम गरेकी यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर ५ जनालाई उपचारका लागि रुकुमपश्चिमको खंलगा लगिएको छ भने गम्भीर पाँच जनालाई उपचारका लागि सुर्खेतबाट हेलिकप्टर मगाइएको इलाका प्रहरी कार्यालय बाँफिकोट, (रुकुमपश्चिम) का वरिष्ठ प्रहरी हल्वदार रामकुमारी विष्टले जानकारी दिनुभएको छ।

जिप सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

 

Share Now

Leave a comment.