काठमाडौं, १४ जेठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार धितोपत्र बजार परिसूचक १७.३८ अङ्कले ओरालो लागेर १९४१.७४ विन्दुमा सीमित भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
नेप्सेका अनुसार कूल ७० लाख ५० हजार ३९ कित्ता शेयर रू २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४ सय ९९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू २१ करोड ७९ लाख ९४ हजार ९ सय ३ मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल दूरसञ्चार कम्पनी रू ९ करोड १३ लाख २ हजार ८ सय ८, सोल्टी होटल रू ८ करोड ८६ लाख ६९ हजार, चिलिमे हाइड्रोपावर रू ८ करोड ३८ लाख २९ हजार ५ सय ६१ र नेपाल पूर्वाधार बैंक रू ७ करोड ८८ लाख ८४ हजार ४ सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, यूनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल सात दशमलव १८, एनएमबी बैंकको ऋणपत्र छ दशमलव शून्य एक र चिलिमे हाइड्रोपावरका शेयरधनीले ५ .९९ प्रतिशतले कमाएका छन् ।
यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी छ. ४०, न्यादी हाइड्रोपावर ५, नयाँ सारथी लघुवित्त ४ . ९०, नेशनल माइक्रोफाइनान्स लघुवित्त ४ . ७३ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ४. ४२ प्रतिशतले गुमाएका छन् ।


















