Prakash Adhikari June 3, 2023

काठमाडौं, २० जेठ । नेपालमा कुल जातजातिको सङ्ख्या १ सय ४२ पुगेको छ । साथै मातृभाषा सङ्ख्या १ सय २४ र धर्म सङ्ख्या १० कायम भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

विसं २०६८ को जनगणनामा जातजाति १ सय २५ रहेकामा हाल १७ थप भएको हो । कार्यालयका अनुसार विसं २०६८ को जनगणना अनुसार १ सय २३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरुको सङ्ख्या न्यून भएइकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १ सय २४ वटा मातृभाषा कायम भएको छ ।

Share Now

Leave a comment.