Prakash Adhikari June 3, 2023

को को अङ, रेबेका हेन्स्की र शार्लट एटवू

बैंकक(थाइल्याण्ड),२० जेठ (बीबीसी) ।म्यानमारमा निर्वाचित संसदलाई काम गर्नै नदिऐर सैनिक ‘कू’ गरेपछि १३ हजार भन्दा धेरै सैनिक तथा प्रहरीहरू जिम्मेवारी छाडेर भागेको बताइएको छ ।

म्यान्मारको सेनाले सङ्गठनभित्र बढ्दो रूपमा जागिर छाडेर भाग्ने एवं नयाँ भर्ती गर्न नसकिरहेको अवस्थाको सामना गरिरहेको छ।

बीबीसीसँगको विशेष अन्तर्वार्तामा हालसालै सेवाबाट भागेका सरकारी सैनिकहरूले दुई वर्षअघि सत्ता हत्याएको जुन्ताले प्रजातन्त्र पक्षधर सशस्त्र विद्रोहलाई दबाउन सङ्घर्ष गर्न परिरहेको बताएका छन्।

“कोही पनि सेनामा भर्ती हुन चाहिरहेका छैनन्। मानिसहरूले उनीहरूका बर्बरता र गैरन्यायिक काम मन पराइरहेका छैनन्”,नई अङले भन्नुभएको छ।

सुरुमा उहाँले आफू बसिरहेको ठाउँ छाड्न खोज्दा राइफलको पछाडिको भागबाट पिटाइ खानुपर्यो र उहाँलाई ूगद्दारू भनियो।

दोस्रोपटकमा उहाँ उम्किन सफल भए र विपक्षी समूहहरूको सहयोगमा सीमा पार गर्दै थाइल्याण्ड पुग्नुभयो।

“विद्रोहमा मेरो एउटा साथी समेत सङ्लग्न छ”, उहाँ भन्नुहुन्छ,”ूमैले उहाँलाई सम्पर्क गरेँ र उहाँले यहाँ थाइल्याण्डमा भएका मानिसलाई मेरो बारेमा भन्नुभयो। म उनीहरूको सहायताले यहाँ आएँ।”

उहाँ हाल एक सुरक्षित स्थलमा हालसालै भागेर आइपुगेका अन्य १०० सैनिक र तिनका परिवारकासाथ छन्।

आफ्नै मानिसहरूसँग लड्न अस्वीकार गरिरहेका ति सबै अहिले लुकेर बसेका हुनाले हामीले उनीहरूको वास्तविक नाम प्रयोग गरेका छैनौँ।

उनीहरूलाई जोविरुद्ध लड्न भनिएको थियो तिनैले अहिले लुकाएर राखेका छन्।

भागेका सैनिकहरू

भागेका सैनिकहरू

सन् २०२१ को फेब्रुअरीमा सेनाले सैन्य कूमार्फत शक्ति हत्याएपछि १३ हजार भन्दा धेरै सैनिक तथा प्रहरीहरू जिम्मेवारी छाडेर भागेको निर्वासनमा रहेको म्यान्मारको राष्ट्रिय एकता सरकार (एनयूजी) ले जनाएको छ।

उक्त सुरक्षित गृहमा रहेका १९ वर्षीय माउङ्ग सिन सबैभन्दा कान्छा व्यक्ति हुनुहुन्छ।

उहाँ १५ वर्षका हुँदा सेनामा भर्ती हुनुभएको थियो।

“मलाई सेना मन पर्छ”, आफ्नो कामबाट परिवारलाई गौरवान्वित पार्न चाहेको उहाँ सुनाउँनुहुन्छ।

तर प्रजातन्त्रको माग गरिरहेको देशव्यापी विद्रोहविरुद्ध सेनाको हिंसक कारबाहीले गर्दा मानिसहरूको बर्दी लगाउनेहरू माथिको दृष्टिकोण नाटकीय रूपमा फेरिएको छ।

“हामीले अनलाइनमा मानिसहरूले हामीलाई ‘सैन्य कुकुर’ भनेको देख्छौँ “,ूउहाँ भन्नुहुन्छ, “त्यसले मलाई लज्जित र दुःखी बनाउँछ।”

म्यान्मारमा जनावरको नाम जोडेर सम्बोधन गर्नु सबैभन्दा ठूलो अपमान मानिन्छ।

माउङ्ग सिनले आफूजस्ता सिपाहीले ‘नागरिकलाई मार्ने र गाउँहरू जलाउने माथिको आदेश’ नकार्न नसक्ने बताउँनुहुन्छ।

तर जिम्मेवारी छाड्नुको अर्को कारण सेना कमजोर अवस्थामा हुनु समेत रहेको उहाँ बताउँनुहुन्छ।

नागरिक मिलिसिया समूहहरूसाथ काम गर्ने सीमावर्ती क्षेत्रमा भएका जातीय सशस्त्र सङ्गठनहरूलाई पिपल्स डिफेन्स फोर्सेस (पीडीएफ) भनिन्छ।

पीडीएफ धेरैले ठानेभन्दा निकै शक्तिशाली बलको रूपमा देखिएको छ र म्यान्मारको सेनाले देशको ठूलो भूभागमा आफ्नो नियन्त्रण गुमाएको बताइन्छ।

यसअघि भर्ती केन्द्रका रूपमा रहेका माग्वे डिभिजन र सगाइङ्ग डिभिजनमा यतिखेर युवाहरू नागरिक मिलिसियामा संलग्न भइरहेका छन्।

म्यान्मार
सशस्त्र जातीय समूहहरूले देशभरबाट विद्रोह गरिरहेका छन्

भाग्नुभन्दा पहिले माउङ्ग सिनको इकाईलाई एउटा पीडीएफ तालिम शिविरलाई हमला गर्न र नष्ट पार्न भनिएको थियो।

त्यो सैन्य कार्वाही राम्रोसँग हुन सकेन।

फिर्ता आउने आदेश पाउनुअघि नै उहाँका सात जना सैनिक सहकर्मीहरू मारिए।

“उनीहरू ‘पीडीएफे को अझ राम्रो रणनीति छ’, उहाँ भन्नुहुन्छ, “जसले उनीहरूलाई बलियो बनाएको छ।”

पीडीएफलाई व्यापक जनसमर्थन छ र गाउँमा मानिसहरूले उनीहरूलाई सेनाको आउजाउबारे जानकारी र युवा मिलिसिया लडाकुलाई बास दिन्छन्।

क्याप्टेन जे थु अङ

सैनिकहरूले अहिले ‘राक्षसजस्तो व्यवहार गरिरहेको’ क्याप्टेन जे थु अङ बताउँनुहुन्छ ।

क्याप्टेन जे थु अङले १८ वर्ष वायुसेनामा बिताउनुभयो। उहाँ सैन्य कू भएको एक वर्षपछि भाग्नुभएको हेो ।

“उनीहरू देशभर हमलामा परेका छन्”, म्यान्मारको सेनाको अवस्था बताउँदै अड. भन्नुहुन्छ, “र उनीहरूसँग प्रत्याक्रमणका लागि पर्याप्त जवान छैनन्।”

उहाँका अनुसार त्यही भएरै सेनाले बढ्दो रूपमा हवाई सेनाको प्रयोग गरिरहेको छ।

पछिल्ला महिनामा सेनाले देशभर भयानक हवाई हमलाहरू गरेको थियो।

ज्यानुअरीयता २०० भन्दा धेरै सङ्ख्यामा हवाई हमलाका विवरण आएका छन्।

सबैभन्दा घातक हवाई हमला एप्रिल महिनामा सागेइङ क्षेत्रको पा जी गी गाउँमा भएको थियो।

जसमा कैयौँ महिला र बालबालिकासहित १सय ७० भन्दा धेरै मानिसहरू मारिएका थिए।

“हवाई फौज नभए सेना परास्त हुने निकै उच्च सम्भावना छ”, क्याप्टेन अङको अनुमान छ।

उनी एअर फोर्सका लागि छानिँदा अन्य भगौडाहरूको परिवारमाझैँ उनको परिवारका सबै जनाले गर्व महसुस गरेको थिए।

त्यसबेला म्यान्मारको सेनाको हिस्सा हुन पाएकामा निकै सम्मानित महसुस गरेको उहाँ बताउँनुहुन्छ।

सैन्य कूले ‘आफूहरूलाई रसातलमा पुर्‍याएको’ उहाँ बताउँनुहुन्छ।

“म बसेको एअर फोर्सका धेरैजसो मानिस खराब थिएनन्। तर कूयता उनीहरू दानव जसरी व्यवहार गरिरहेका छन्” , उहाँ भन्नुहुन्छ।

तर आफ्नो इकाईबाट भाग्ने उहाँ मात्र एक्लो व्यक्ति हुनुहुन्छ।

आफ्ना धेरैजसो साथीहरू ूमेरै मानिसहरूविरुद्ध लडिरहेकोू उहाँ बताउँनुहुन्छ।

म्यान्मार

कू को दुई वर्षपछि पनि देशभर प्रदर्शनहरू जारी छन्

देशमा महत्त्वपूर्ण भूमिका रहे तापनि म्यान्मारको सेनाको वास्तविक आकार थाहा छैन।

धेरै पर्यवेक्षकहरूले कू भएको समयमा यसको आकार ३ लाख आसपासमा भएको अनुमान गरे तापनि यो अहिले निकै सानो भएको छ।

विद्रोहीहरूले पैसा जुटाउनका लागि नयाँ प्रविधिहरूको प्रयोग गरिरहेका छन्। जसमा भिडिओ गेमदेखि परम्परागत क्राउडफन्डिङसम्म छन्।

धेरै व्यक्तिगत चन्दा विदेशमा रहेका समुदायबाट आएको छ।

त्यसरी उल्लेख्य रकम जुटाए पनि उनीहरूको सैन्य आकारका हतियार वा लडाकु विमानमा पहुँच छैन।

राष्ट्रिय एकता सरकारले सेनाको विमान वा पानीजहाजसाथ भाग्नेलाई पाँच लाख अमेरिकी डलर दिने बताए तापनि अहिलेसम्म कसैले त्यसो गरेको छैन।

म्यान्मारको सेनाको रणनीति बढ्दो रूपमा हवाई माध्यममा सरिरहँदा र त्यसका भयानक नतिजा देखा परिरहँदा बीबीसीले प्रत्याक्रमण गरिरहेकालाई पछ्याइरहेको छ।

क्याप्टेन अङ कुनै कुरामा ूवर्षौँ विश्वास गरेरू त्यसलाई छाड्ने काम सहज नभएको बताउँनुहुन्छ र उहाँ आफूलाई गद्दारका रूपमा हेरिनेमा चिन्तित हुनुहुन्छ।

“म्यान्मारको सेनामा तपाईँ मरेपछि मात्र सेना छाड्नुहुन्छ भन्ने एउटा भनाइ छ।”

रुसी भूमिका
भाग्नुअगाडी क्याप्टेन अङले राजधानी नेप्यिडको विमानस्थलको एउटा मुख्य स्तरोन्नति कार्यमा काम गर्नुभएको थियो।

उक्त काम रुसी लडाकु विमान सुखोइ सु ३० ल्याउने तयारी स्वरूप भएको थियो।

क्याप्टेन अङले हामीलाई त्यस विमानस्थलका स्याटलाइट तस्बिरहरू देखाउनुभयो।

उहाँले हामीलाई आफू बस्ने गरेको ठाउँ देखाउनुभयो जहाँ उहाँले किनिएका छ वटा सुखोइ सु ३० राख्न बनाइएका तीनवटा खुला स्थल देखाए जसको निर्माणमा उहाँले काम गर्नुभएको थियो।

म्यान्मार

सु ३० लडाकु विमान राख्न बनाइएका स्थानका भूउपग्रहबाट खिचिएका तस्बिर

ती लडाकु विमानहरू ूम्यान्मारको सेनासँग भएका सबैभन्दा उन्नत अस्त्रू रहेको म्यान्मार विटनेसकी लिओन हदाभी बताउँनुहुन्छ।

उहाँले सेनाले प्रयोग गरिरहेका विमानहरूको निगरानी गरिरहनुभएको छ।

उहाँले सुखोई सु ३० लाई एउटा परिष्कृत र धेरै खाले भूमिका भएको लडाकु जेट बताउँदै त्यो आकाशबाट आकाशमै र आकाशबाट जमिनमा प्रहार गर्ने क्षमता भएको बताउँनुहुन्छ।

यसले रुसमै निर्मित याक १३० हरूले भन्दा बढ्ता अस्त्र बोक्न सक्छ जुन बारम्बार पछिल्ला हवाई हमलाका क्रममा देखिएको छ।

क्याप्टेन अङका अनुसार सम्झौता बमोजिम रुसका दुई जना टेस्ट पाइलट र मर्मत सम्भारमा खटिने १० जना कर्मचारीहरू ूवारेन्टी समयको एक वर्षू म्यान्मारमा बस्नेछन्।

उनी तिनको आवास निर्माणमा संलग्न थिए।

म्यान्मारको हवाई फौजका अन्यलाई रुस पठाइएको छ।

उनी भन्छन्, ूकुल ५० भन्दा धेरै जनालाई ती विमानहरू चलाउने प्रशिक्षणका लागि पठाइएको छ।ू

६ मध्येका दुई लडाकु जेटहरू म्यान्मार आइपुगेका छन् जुन सैन्य परेडका बेला प्रदर्शनमा राखिएका थिए।

ती हालसम्म द्वन्द्वमा भने देखा परेका छैनन्।

अन्तर्राष्ट्रिय प्रतिबन्धहरू र छिमेकीहरूबाट भइरहेका निन्दाबिच म्यान्मारको सेना बढ्दो रूपमा एक्लिँदो देखिन्छ।

मार्च महिनामा आएको पछिल्लो ब्रिटिश प्रतिबन्धमा इन्धनमा सेनाको पहुँच सीमित पार्न खोजिएको छ।

तर म्यान्मारको सेनासँग लामो समयदेखिको सम्बन्ध रहेको रुस अहिले उसलाई बलियो आड भरोसा दिने राष्ट्र बनेको छ।

सन् २०२२ मा म्यान्मारको जुन्ताका नेता मिन ओङ ह्लाइङले रुसी राष्ट्रपति पुटिनलाई भेटनुभएको थियो ।

म्यान्मारका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक टम एन्ड्रिउजले अहिलेसम्म मस्को म्यान्मारको सबैभन्दा ठूलो अस्त्र विक्रेता रहेको जनाउनुभएको छ।

मे महिनामा सार्वजनिक गरिएको उहााको प्रतिवेदन अनुसार रुसले कू यता ४० करोड अमेरिकी डलर बराबरको हतियार म्यान्मार पठाएको छ।

ती २८ रुसी कम्पनीहरूबाट आएका छन् जसमा सरकार नियन्त्रित कम्पनीहरू समेत छन्।

उक्त रिपोर्टले तीमध्ये १६ विक्रेतालाई युक्रेनमा जारी रुसी युद्धमा रहेको भूमिकाका कारण केही देशहरूले प्रतिबन्ध लगाएका छन्।

र ती हतियारहरू म्यान्मारमा ूसम्भावित युद्ध अपराध र मानवताविरुद्धको अपराधमाू प्रयोग भइरहेका छन्।

आकाशमा जनताको विद्रोहले भने ड्रोनका सहायताले प्रतिरोध गर्ने प्रयास गरिरहेको छ।

खिन सिन, २५, ले महिला ड्रोन पाइलटहरूको एउटा टोलीको नेतृत्व गर्छन् जसले नागरिक ड्रोनहरूलाई घरमै बनाइएको बम सैन्य निशानामा छाड्न सकिने गराएका छन्।

सिन लडाईँमा लाग्नुअघि विश्वविद्यालयकी विद्यार्थी थिइन् र कू को विरोधमा भएका नागरिक प्रदर्शनमा सहभागी हुनुभएको थियो।

“हामीसँग सेनाको जस्तो स्रोत त छैन तर यसमा हामी धेरै चिन्तित छैनौँ “, उहाँले आफ्नो जङ्गलमा रहेको शिविरबाट भन्नुभयो, “विमानको तुलनामा हाम्रो ड्रोन तिलको गेडाजस्तै हो। जब तपाईँसँग धेरै तिलका गेडा हुन्छन् तपाईँ परसम्मै जान सक्नुहुन्छ” , उहाँ भन्नुहुन्छ, “यदि हामी ३०० मिटरजस्तो माथि उचाइमा उड्यौँ भने उनीहरूले हामी आइरहेको समेत थाहा पाउँदैनन्। त्यसैले हामीले उनीहरूलाई राम्ररी हमला गर्न सक्छौँ र उनीहरू ड्रोनबाट अत्तालिएका छन्।”

क्याप्टेन अङले आफ्नो एअर फोर्सको विज्ञता प्रजातन्त्रका लागि लडिरहेका सिनजस्ता व्यक्तिलाई दिइरहनुभएको छ।

सीमापार थाईल्याण्डको गोप्य स्थलबाट क्याप्टेन अङले आफ्नो एअर फोर्सको विज्ञता प्रजातन्त्रका लागि लडिरहेका सिनजस्ता व्यक्तिसँग काम गरेर प्रयोग गरिरहनुभएको छ।

“रातमा आवाजलाई सुनेर के हामीले लडाकु विमान र नागरिक विमान छुट्याउन सक्छौँ?” उहाँको घर पछाडिबाट अनपेक्षित रूपमा जुममा सोधिएको एउटा प्रश्न सुनिन्छ,”हामीले हाम्रो ज्ञान सक्दो राम्ररी बाँड्ने प्रयास गरिरहेका छौ”,  उक्त बैठकपछि क्याप्टेन अङले भन्नुभयो।

त्यो उनका लागि जटिल छ, भन्छन्, “व्यक्तिगत रूपमा मसँग बसेका मेरा दाजुभाइ, साथीहरू र शिक्षकहरूसँग मैरो कुनै घृणा छैन।”

तर यसको उद्देश्य ठूलो छ।

“यो कोही व्यक्तिहरूबारे होइन, हामी एउटा संस्थासँग लडिरहेका छौँ।”र उनी खुसी छन्। किनभने “म मेरो देशको लागि काम गरेको छु। मैले यस क्रान्तिलाई मैले सक्ने जुनसुकै तरिकाले यो नसकिँदा सम्म साथ दिनेछु।”

 

Share Now

Leave a comment.