
धनगढी(कैलाली), ३० चैत । रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज(शुक्रबार) हुँदैछ ।
फाइनलमा टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेभएको छ ।
बिहीबारको खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ गोल्डेन्स फाइनलमा प्रवेश गरेको हो ।
यस अगाडि चैत्र २७ गते सम्पन्न खेलमा काठमाडौं गोल्डन्सलाई एक विकेटले पराजित गर्दै टीम चौराहा धनगढीले फाइनलको यात्रा तय गरेको थियो ।
उद्घाटन खेलमा पराजित भएको डिफेन्डिड. च्याम्पियन टीम चौराहा धनगढीको फाइनल यात्रा रोचक भएकोले आजको खेल निकै प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ ।
धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको बिजेताले उपाधिसहित २५ लाख पाप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।
त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्नेले क्रमश ३ लाख र २ लाख पाप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
कुल ६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल आउँदो चैत्र ३० गते हुनेछ ।