Prakash Adhikari June 14, 2023

 

काठमाडौं, ३१ जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा इजरायली फुटबल क्लबमा आबद्ध भएकी छन् ।

उनले आगामी सिजनका लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानासँग सम्झौता गरेकी हुन्। इजरायल एसियाली महादेशमा भएपनि उसका क्लबहरुले युरोपेली प्रतियोगिताहरुमा भाग लिन पाउँछन्।

सावित्राले आफ्नो लामो समयदेखिको युरोपका क्लबहरुसंग खेल्ने सपना पूरा हुन लागेको बताएकी छिन्।

‘मेरो लामो समयदेखिको सपना पूरा हुन आँटेको छ। मलाई लाग्छ यो मेरो करिअरको अर्को खुड्किलो हो,’ उनले भनिन्, ‘यो अवसरलाई सक्दो सदुपयोग गर्नेछु।’

भारतीय शीर्ष डिभिजन लिगमा तहल्का मच्चाएसँगै उनको चर्चा थप चुलिएको थियो।

सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम केरलालाई लगातार उपाधि दिलाएकी थिइन्। राष्ट्रिय टोलीबाट ४३ खेलमा ४३ गोल गरेकी साम्बा नेपालको सर्वाधिक गोलकर्ता हुन्।

उनले यसअघि मालदिभ्समा पनि खेलिसकेकी छिन्।

Share Now

Leave a comment.