Prakash Adhikari June 20, 2023

काठमाडौं, ५ आषाढ । नबिल बैंकका ग्राहकहरुले र्‍याडिसन होटलमा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र होटलबीच भएको सम्झौतापछि बैंकका ग्राहकले छुट पाउने भएका हुन्।

सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले र्‍याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कुल बिल (करबाहेक)मा पनि १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने बताइएको छ।

बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २ सय ५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरूमार्फत सेवा उपलब्ध गराउँदै आएको छ।

Share Now

Leave a comment.