हरारे(जिम्बाबे), ७ आषाढ । आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज नेपाल वेस्ट इन्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १२ः १५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।
वेस्ट एण्डिज चार पटकको विश्वकप विजेता हो । नेपालले वेस्ट इन्डिजसँग कुनैपनि खेलमा पहिलो पटक खेल्न लागेको हो ।
नेपाल ओडिआई वरियतामा १४ औं र वेस्ट इन्डिज १० औं स्थानमा छ ।
खेलमा नेपालको रोहित पौडेल र वेस्ट इन्डिजको शाई होपले कप्तानी गर्नेछन् । चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजमा विश्व स्तरिय टि२० ब्याटरको बाहुल्यता छ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो ।
वेस्ट इन्डिज सन् १९९५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो । त्यस्तै २०१२ र २०१६ को पनि टि२० विश्वकप उपाधि जितेको थियो । वेस्ट इन्डिजलाई दुई टि२० विश्वकप जिताउने कप्तान ड्यारेन स्यामी अहिले टोलीका मुख्य प्रशिक्षक छन् ।
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक हुन् । उनले २०१९ देखी २०२३ सम्म वेस्ट इन्डिज टोलीमा रहेर काम गरेका थिए । मोन्टीलाई वेस्ट इन्डिजका ब्याटरको कमजोरी राम्रोसँग थाहाछ । त्यसैले मोन्टी आज निर्णायक बन्न सक्छन् ।
नेपालको टोलीः कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी र अर्जुन साउद ।
वेस्ट इन्डिजको टोली : शाई होप (कप्तान), रोभम्यान पावेल (उपकप्तान), शमाह्र ब्रुक्स, यानिक कारियाह, केसी कार्टी, रोस्टन चेश, जोनसन चाल्र्स, जेसन होल्डर, अकिल हुसैन, अल्जारी जोशेफ, ब्रेन्डन किंग, कायल मेयर्स, किमो पल, निकोलस पुरन र रोमारियो शेफर्ड ।


















