काठमाडौं, १२ आषाढ । बैंक र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएड)बीच सहयोग सम्झौता भएको छ। एकअर्काबीच विभिन्न क्षेत्रमा प्रभावकारी सहयोगका लागि तीन वर्षका लागि सम्झौता भएको हो।
दुई बीच युएसएडले बैंकसँग वित्तीय क्षेत्रको प्राविधिक क्षेत्रमा नवीन समाधानका लागि विशेषज्ञताको साझेदारी गर्नेछ। यसैगरी बैंकले आफ्ना शाखा र अनलाइन सेवामार्फत् व्यापार समाधानका लागि अनुकूल प्याकेजमा सहयोग गर्नेछ।
आर्थिक वर्ष २०८० ।८१ सम्म बैंकले १० हजार नयाँ लघु, साना तथा मझौला उद्योग तथा १ हजार महिला नवप्रर्वतन क्षेत्रका महिलाका लागि ऋण सुविधा कार्यक्रम सञ्चालनको लक्ष्य लिएको छ।
एलओसीमा कुमारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश राज अर्याल र यूएसएडका तर्फबाट पार्टी प्रमुख एजनेज लुजले हस्ताक्षर गर्नुभएको छ।
कोभिडले थलिएको अर्थतन्त्र विस्तारै लयमा फर्किँदै गएमा यस सम्झौताले नेपाललाई गुणस्तरीय सामान निर्यात, विविधिकरण, दीगो रोजगारी वृद्धि तथा पुँजीकरण लगायतका क्षेत्रमा सहयोग गर्ने विश्वास गरिएको छ।


















