Prakash Adhikari June 28, 2023

 

काठमाडौं, १३ आषाढ । आर्थिक बर्ष २०८० ।८१ का लागि जेठ १५ गते प्रतिनिधि सभामा पेश भएको बजेट पारित गर्नका लागि प्रतिनिधि सभामा प्रस्ताव पेस हुँदैछ ।
सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र अर्थमन्त्रालयो नेतृत्व लिएो नेपाली कांग्रेसले बजेटका पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेका छन् ।
बजेट पारित गर्ने प्रयोजनका लागि अहिले बिहान ११ बजे प्रतिनिधिसभा बैठक बसद्यै छ ।

आज बजेट निर्णयार्थ पेश गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने भएको छ।

लगत्तै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने छ।

अन्तिममा अर्थ मन्त्री डा. प्रकाश शरण महतले “विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ।

साथै उहाँले “आर्थिक विधेयक २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव, “आर्थिक विधेयक २०८०” माथि दफावार छलफलको लागि दिन तोकिने र “राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैबीच नेपाली कांग्रेसले संसदमा पेस गरिएको आर्थिक २०८० । ८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूमा ह्वीप जारी गरेको छ। गत १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरिएको थियो।

उक्त विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथिको छलफलपछि निर्णायार्थ प्रस्तुत गर्ने तयारी गरिरहँदा सोमबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदहरूलाई उक्त दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गर्नुभएको हो।

उता सरकारको नेतृत्व गरेको माओवादी केन्द्र को संसदीय दलले बजेटको पक्षमा मत हाल्न ह्विप लगाएको छ।

मंगलबार प्रत्येक सांसदलाई निर्देशन दिँदै बुधबारको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन र बजेटका पक्षमा मतदान गर्न निर्देशन दिएको हो।

संसदीय दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले निर्देशन जारी गर्नुभएको छ।

‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ।व। २०८० ।८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ। त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्विप) जारी गरिएको व्यहोरा अनुरोध छ,’ पाण्डेले हस्ताक्षर गर्नुभएको ह्विपको पत्रमा भनिएको छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाहेकका सत्तागठबन्धनका दलहरुबीच बजेटलाई विना संशोधन पारित हुन दिने कि नदिने भन्ने छलफल चलिरहेको छ ।

Share Now

Leave a comment.