Prakash Adhikari July 1, 2023

भरतपुर(चितवन), १६ आषाढ । नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

आज बिहान ११ः३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आज बिहान ३ः१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो । पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडाँै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

चुनौतीपूर्ण जोखिम 

नारायणगढ मुग्लिन सडकको विस्तार र स्तरोन्नति गरे पनि सास्ती रोकिएको छैन। अघिल्लो वर्षजस्तै यस वर्ष पनि पहिरोले पटकपटक लामो समयसम्म बाटो अवरुद्ध हुने घटना दोहरिन थालेको छ।

जानकारहरूका अनुसार ३६ किलोमिटर लामो उक्त सडक खण्डमा नयाँनयाँ जोखिमहरू देखा परेका छन् र तीमध्ये केही चुनौतीपूर्ण मानिएका छन्।

निर्माण कम्पनीले काम सम्पन्न गरेर उक्त सडक तीन वर्षअघि सरकारलाई हस्तान्तरण गरेको हो।

“निर्माण सकिएपछि पहिरो जाने सम्भावित ठाउँ पहिचान गरेर भिरालो जमिन संरक्षण गर्ने काम गरिएको थियो। त्यसपछि २७ । २८ ठाउँमा नियन्त्रण भयो,” सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले भन्नुभयो, “अहिले नयाँ(नयाँ ठाउँमा पहिरो देखा परेको छ, पछिल्लो पहिरो पनि नयाँ ठाउँमा आएको हो।”

जानकारहरूका अनुसार २० वर्षअघि करिब ७५ ठाउँमा पहिरो झरेको थियो। यातायात पूर्ण सञ्चालनमा आउन कैयौँ दिन लागेको थियो।
सडक विभागले २१ किलोमिटर भनिने मौरी खोला र १८ किलोमिटर भन्ने स्थानलाई त ुचुनौतीपूर्ण जोखिम रहेकोु भनी पहिचान गरेको छ।

मुग्लिन नारायणघाटको सास्ती

पौडेल भन्नुहुन्छ, “मौरी खोला क्षेत्रको अध्ययन भइरहेको छ, त्यहाँ पहाड नै खस्किरहेको छ, १८ किलोमिटर भन्ने ठाउँको माथि नगरपालिकाले बाटो खनिदिएकाले लेदो बगेर झर्ने गरेको छ। तीन(चार ठाउँमा त्यस्तो समस्या छ।”

पछिल्लो पटक बिहीवार तुइन खोलानजिक चट्टानका टुक्राहरू झरेका छन्। यसअघि समस्या नदेखिएको त्यस स्थानबारे पनि अध्ययन गर्नुपर्ने अवस्था बनेको अधिकारीहरूले जनाएका छन्।

“विश्‍व ब्याङ्कले मौरी खोला क्षेत्रको अध्ययन गराइरहेको छ। “,एक हप्ताअघि त्यस क्षेत्रमा पुगेका सडक विभागका पूर्वमहानिर्देशक इन्दु शर्मा ढकालले “प्रकृतिमा आधारित समाधानु (नेचरबेस्ड सोलुसन वा एनबीएस) को डिजाइन भइरहेको जानकारी दिनुभयो।

पूर्व महानिर्देशक ढकालले भन्नुभयो, “यो वर्षापछि त्यहाँको स्थलगत अध्ययनपछि अन्तिम डिजाइन तयार हुन्छ, समस्या ठूलै देखिए पनि समाधान हुन्छ।”

तीन अर्ब रुपैयाँ खर्च गरेर बनाएको सडकमा फेरि समस्या आउनुको कारण

ढकालका अनुसार पानीको निकासको बाटो बनाउने, पहाडी क्षेत्रको टुप्पो केही काट्ने, केही संरचना बनाउने र वृक्षारोपण गर्ने लगायतका काम गर्नुपर्ने हुन्छ।

त्यसको निम्ति करिब १० करोड रुपैयाँ खर्च हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

सडक तल त्रिशूलीको धार
सडकको माथिल्लो भागबाट विभिन्न ठाउँमा झर्ने पहिरो नियन्त्रणको प्रयास पटक(पटक भएका थिए।

निर्माण कम्पनीले सडक स्तरोन्नतिको काम सम्पन्न गरेपछि तीन वर्षमा विभिन्न कम्पनीले पहिरो नियन्त्रणको काम गरेका छन्। त्यसमा करिब एक अर्ब रुपैयाँ खर्च भइसकेको छ।

चट्टान झर्न नदिन रड गाडेर जाली लगाउनेदेखि सडक भत्किन नदिन नदी किनारमा पाइलिङ गर्ने र आरसीसी वाल लगाउने काम गरिएको अधिकारीहरूले जनाएका छन्।

 

तर सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार त्रिशूलीको धारले बाटोको तल्लो भागमा बर्सेनि गर्ने कटान चुनौतीपूर्ण देखिन्छ।

“त्यसले गर्दा पाँच छ ठाउँमा बाटो दबेको छ र पहाड नै खस्किएको देखिएको छ”, उनले भने, “माथिबाट झरेको पहिरो त फालौँला वा चट्टानहरू रोक्न सकिन्छ, तर बाटोको तल त्रिशूलीले बिस्तारै काट्दा आउने जोखिम चुनौतीपूर्ण देखिन्छ।”(बीबीसीबाट)

Share Now

Leave a comment.