
काठमाडौं, २० आषाढ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताउनुभएको छ।
बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधिनता बिपरितको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताउनुभएको हो।
नेकपा एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक रहेको जिकिर गर्नुभयो।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै बिपक्षी दलले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो ।