Prakash Adhikari July 7, 2023

काठमाडौं, २३ आषाढ । एसीसी यू १६ इस्ट जोन कप च्याम्पियन नेपाली युवा खेलाडीले जनही ५० हजार पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यू१६ च्याम्पियन टिम र अफिसियल टोलीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

बिहीबार स्वदेश फर्किएको विजेता टोलीलाई एक कार्यक्रमकाबीच स्वागत गर्दै क्यानले उक्त पुरस्कार घोषणा गरेको हो ।

मलेशियाको क्वाललम्पुरम सम्पन्न प्रतियोगिताको फाइनमाले नेपालले मंगलबार मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै उपाधिमा ह्याट्रिक गरेको थियो । नेपालले घरेलु टोली मलेसियालाई मात्रै ३१ रनमा अल आउट गर्दै च्याम्पियन बनेको थियो ।

यसअघि नेपालले थाईल्यान्डमा सम्पन्न दुई एसीसी यू १६ इस्टर्न रिजनको उपाधि जितेको थियो । नेपालले २०१७ मा रित गौतम र २०१९ मा विशाल विक्रम केसीको कप्तानीमा यू१६ को उपाधि जितेको थियो । २०१९ को फाइनलमा नेपालले मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको थियो ।

२०१७ को फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हराउँदै उपाधि जितेको थियो । एसीसीले यसअघि यू१६ को प्रतियोगिता इस्टर्न रिजनको नामबाट आयोजना गर्दै आएको थियो । तर यस पटक भने उक्त नाम परिवर्तन गर्दै इस्ट जोन कप राखेको हो ।

Share Now

Leave a comment.