Prakash Adhikari July 14, 2023

 

काठमाडौं, २९ आषाढ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदे हुनुहुन्छ।

काठमाडौं बसाईका क्रममा लुले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गर्नुहुने बताइएको छ। यस्तै, अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग पनि उहाँले भेटघाट गर्नुहुने छ।

भ्रमण अवधिमा उहाँले नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनका लागि सीप प्रदान गर्न भइरहेका प्रयासहरुबारे पनि बुझनुहुने बताइएककको छ ।

यसपटकको भ्रमणमा लुले मिलेनियम च्यालेन्ज कर्पोरेशनको प्रगतिबारे पनि बुझ्ने जनाइएको छ। सन् २०२२ को जुलाईमा पनि उहाँ नेपाल आउनुभएको थियो।

गत वर्ष सरकारले अमेरिकी सेनाको नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अगाडि नबढाउने निर्णय गरेपछि उहाँ आकास्मिक रुपमा नेपाल आइपुग्नुभएको थियो।

Share Now

Leave a comment.