Prakash Adhikari July 14, 2023

काठमाडौं, २९ आषाढ । आजदेखि लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर एकीकृत कारोबार थालेका छन् ।

दुवै बैंक मर्ज भएर लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार भएको छ।

दुवै बैंकलाई मर्ज भएर एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते स्वीकृति दिएका थिए ।

दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्। लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ। सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ।

मर्जपछि बनेको लक्ष्मी सनराइज बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । कुल पुँजी साढे ३४ अर्ब रुपैयाँ पुगेको छ ।

दुवै बंंैंकका सञ्चालकहरुबीच गत पुसमा मर्जरमा जाने सैद्दान्तिक समझदारी भएको थियो। दुवै बैंकबीच सीइओ लक्ष्मीको हुने र अध्यक्ष पछि चयन गंर्ने गरी दुई मर्जरका कुरा टुंगिएको थियो। नाम भने दुबैको रहने गरी जुराइएको थियो लक्ष्मी सनराइज ।

Share Now

Leave a comment.