Prakash Adhikari July 23, 2023

काठमाडौं, ७ श्रावण। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज(श्रावण ७ गते आइतबार) सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार आइतबार बिहान मौद्रिक नीति पारित गर्न सञ्चालक समितिको बैठक बोलाइएको छ ।

सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति पारित गरेपछि गभर्नरले सार्वजनिक गर्ने प्रचलन छ । बिहान बस्ने सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने तयारी गरिएको छ ।

राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउने तर सोही नाममा भोलि समस्या नहोस् भनेर निकै सचेत भएर मौद्रिक नीति बनाएर सार्वजनिक गर्ने तयार गरेको छ ।

मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ मा आर्थिक वर्ष सुरू भएको एक साता भित्र मौद्रिक नीति ल्याउनु पर्ने व्यवस्था छ ।
सोही कार्यविधि अन्तरगत रहेर केन्द्रीय बैंंकले मौद्रिक नीति ल्याउने तयारी गरेकोे हो ।

मौद्रिक नीतिले २.५ करोड रुपैयाँ भन्दा कम मूल्यका घर र जग्गा कारोबारलाई चलायमान गराउने गरि लोन टु भ्यालू रेसियो र जोखिम भार कम बनाउने राष्ट्र बैंकको तयारी छ ।

शेयरबजार आफै सुध्रिने बाटोमा रहेकोले यसतर्फ भने राष्ट्र बैंक थप लचिलो नहुने बुझिएको छ ।

Share Now

Leave a comment.