Prakash Adhikari July 24, 2023

 

रोम(इटाली), ८ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझसँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसबीच सोमबार इटालीको रोममा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली(२०२३ सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको हो।

सम्मेलनमा सम्बोधनपछि प्रचण्डसँग राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा स्थानीय समय अनुसार दिउँसो साढे १ बजे महासचिव गुटर्रेसको भेटवार्ता भएको हो।

भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो।

Share Now

Leave a comment.