
क्वालालम्पुर(मलेसिया),१० श्रावण। वैदेशिक रोजगारीका लागि मलेशिया पुगेर अलपत्र परेका ३ दर्जन बढी नेपाली श्रमिकले न्यूनतम् पारिश्रमिक पाउने भएका छन्।
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली श्रमिकले लामो समयदेखि पारिश्रमिक नपाएको समाचार सार्वजिनक भएपछि नेपाली श्रमिकलाई न्यूनतम् पारिश्रमिक दिन ब्लाक हम्मर कम्पनी तयार भएको हो।
मलेसियामा नेपाली श्रमिक अलपत्र परेको समाचार सार्वजनिक भएसँगै नेपाली मजदूर एकता समाजले सो विषायमा चासो लिएको थियो।
मजदूर एकता समाजका महासचिव समर्पण भट्टराईले नेपाली कामदारको न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन र नियमित काम दिन कम्पनीले नसके क्षतिपूर्तीसहित कामदारलाई स्वदेश फर्काउन वैदेशिक रोजगार बिभागका महानिर्देशक मदन दाहाल, मलेसियास्थित नेपाली राजदूतावासका डिसिएम मोति श्रीश महर र श्रम सहचारीले सम्बन्धित म्यानपावर कम्पनीसँग पहल गरेपछि कामदारको समस्या समाधान गर्न सम्बन्धित कम्पनी तयार भएको हो।