
काठमाडौं, ११ साउन । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारको काम सनराइज क्यापिटल लिमिटेडले गर्ने भएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०८० आषाढ २४ गतेबाट मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार संचालन भएको छ ।
उक्त कार्यको लागि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा.नबराज सिम्खडा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
दुई लघुवित्त एकीकृत भएपश्चात बनेको साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा रहेको छ ।