Prakash Adhikari July 27, 2023

काठमाण्डौं, ११ श्रावण । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले निकट भविष्यमा निष्काशन गर्ने हकप्रद शेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीको संचालक समितिको निर्णयानुसार निकट भविष्यमा जारी गरिने हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धकका साथै कम्पनीको शेयर रजिष्ट्रारको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरिएको छ ।

यससम्बन्धी सम्झौता पत्रमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट शेयर निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धि सम्झौतामा कम्पनीका अध्यक्ष रामश्रेष्ठ तथा शेयर रजिष्ट्रारसम्बन्धि सम्झौतामा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको छ ।

धादिङ्ग जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । यो काठमाण्डौंबाट करिब १३२ किलोमिटरको दूरीमा रहेको छ । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत बार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशतभन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको जडित उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ । उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।

सम्झौता बमोजिम नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका शेयरधनीहरुलाई हकप्रद शेयर निष्काशनसम्बन्धि आवश्यक पूर्वतयारी सकेपछि कम्पनीले नियामक निकायहरुबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरिने जानकारी दिएको छ ।

Share Now

Leave a comment.