Prakash Adhikari July 30, 2023

काठमाडौं, १३ श्रावण। सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार भएको छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्षनेताहरूबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभएको छ।

छलफल कोशी प्रदेशमा सरकार गठन गर्ने विषयमा केन्द्रित भएको थियो। सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठनको नयाँ प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ। सर्वोच्चको आदेशसँगै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरिसकेका छन्। तर जटिल अंक गणितका कारण बहुमत पुर्याउन दलहरूलाइ समस्या भएको छ। सोही विषयमा सत्तारूढ दलका शीर्ष नेताबीच छलफल भएको हो।

प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमणपछि सत्ता गठबन्धनका शीर्षनेताहरूबीच छलफल भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो ।

 

Share Now

Leave a comment.