
काठमाडौँ, १५ साउन (रासस) । अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ ।
नेप्से परिसूचक आज ५.८४ अङ्कले बढेर २१०६.१८ बिन्दुमा कायम भएको छ । आज विभिन्न कम्पनीका २ सय ६२ कम्पनीको ५५ लाख ३१ हजार ७ सय ३७ कित्ता शेयर ४० हजार ३ सय ३ पटक खरिदबिक्री हुँदा रू १ अर्ब ८५ करोड ८० लाख २ हजार १ सय ७५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
जलविद्युत् समूह आठ दशमलव ५७, लघुवित्त समूह चार दशमलव १०, र म्युचुअल फन्डका उपसूचक घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह ५६ दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ७६ अंकले बढेका छन् । बैंकिङ समूह नौ दशमलव ६८, विकास बैंक १८ दशमलव १२, वित्त २३ दशमलव २०, होटल तथा पर्यटन तीन दशमलव ७६ र लगानी समूह शून्य दशमलव १० अङ्कले बढेको छ । त्यस्तै, जीवन बीमा समूह दूइ दशमलव ४८, निर्जीवन बीमा समूह चार दशमलव ६१ र अन्य समूह शून्य दशमलव ०८ अंकले बढेको छ ।
आजको कारोबार पछि सनराइज ब्लुचिप फन्डको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विइन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ३१ प्रतिशतले घटेको छ ।
आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रू आठ करोड ८ लाख ८६ हजार छ सय पाँच बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषको एक लाख ९० हजार पाँच सय २५ कित्ता शेयर किनबेच भएको छ ।