Prakash Adhikari August 10, 2023

काठमाडौं,२५ श्रावण । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ५.१३ अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन बजार ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमा पुगेको हो।

सामान्य अंकले बजार बढेसँगै कारोबार २ अर्ब नाघेको छ। आज बजारमा २ अर्ब १५ करोडको कारोबार भएको छ।

अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ८७ करोडको कारोबार भएको थियो।

आज कारोबारमा आएकामध्ये १०५ कम्पनीको सेयरमूल्य बढ्दा १०८ कम्पनीको घटेको छ। त्यसैगरी ९ कम्पनीको कारोबार स्थिर देखिएको छ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूह सूचकमा गिरावट आएको छ। बाँकी ९ उपसमूहका सूचक भने बढेका छन्।

आज बैंकिङ, डेभलपमेन्ट बैंकिङ, फाइनान्स, लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स उपसमुचक गिरावट आएको हो।

आज अभियान लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.०९ प्रतिशतले बढेको छ। त्यसैगरी आज हिमालयन लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.५३ प्रतिशतले घटेको छ।

सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। आज सोल्टी होटलको १६ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ।

Share Now

Leave a comment.