काठमाडौं, ६ वैशाख । डनको दुनियाँबाट राजनीतिक नेताको प्रतिष्ठा आर्जन गर्न प्रयासरत दीपक मनाङ्गे पक्राउ परेका छन् ।
नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका मनाडे. मनाड.बाट प्रदेशसभा सदस्यमा निर्वाचित पनि भएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए अनुसार उनलाई स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
फौजदारी अभियोगमा अदालतबाट सजाँय पाएर भुक्तान नगरेको उनी कसैको ऊजरी नपरेको कारण प्रदेश ४ का प्रदेशसभा सदस्य त निर्वाचित भए तर निर्वाचित भएको प्रमाणपत्र लिएर शपथ ग्रहण गर्ने कार्यक्रम सम्पन्न हुनुपूर्व नै सर्वोच्च अदालतले उनलाई पुन दोषी करार गर्यो । त्यसपछि भूमिगत रहेका मनाड्ेलाई पक्राउ गर्नका लागि नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गर्न अन्तराष्टिय पुलिस (इन्टरपोल)संग पत्राचार समेत गरेको थियो ।
मनाङ्ेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्ेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्यो ।
सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो ।
त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको हो ।
फौजदारी अभियोगमा अदालतबाट दोषी ठहर भैसकेको व्यक्ति उम्मेद्वार नै बन्न नपाउने प्रावधान राजनीतिक दल सम्बन्धी ऐनमा रहेकोले मनाड.ेको उम्मेद्वारी स्वतः खारेजीयोग्य भई मनाड.मा प्रदेशसभाको सदस्यको लागि पुन निर्वाचन हुने अवस्था सिर्जना भएको छ ।