Prakash Adhikari September 27, 2023

काठमाडौं, १० असोज । १९ औं एसियाली खेलकुद अन्तर्गत आज निर्धारित नेपाल र मंगोलियाबीचको क्रिकेट खेलमा नेपालले टस हारेको व्याटिड.को निम्तो पाएको छ।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पहिलो पटक डेब्यू गरेको छ ।
तुलनात्मक रुपमा कमजोर मंगोलियाविरुद्ध नेपाललाई भने विश्व कीर्तिमान कायम गर्ने अवसर हुनेछ ।

उता मंगोलियाको खेलबारे नेपाल अनविज्ञ छ । निकै युवा टोलीका साथ मंगोलिया एसियाड खेल्न आएको छ । मंगोलियाको टोलीमा १५ देखी २२ वर्षसम्मका खेलाडी छन् । अधिकांश खेलाडी १८ देखि २० वर्षका खेलाडी छन् । युवा खेलाडी ऐतिहासिक खेल खेल्न उत्साहित छन् ।

नेपालको प्लेइङ ११ मा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने  रहेका छन भने  नेपाललेआजको खेलमा विवेक यादव, विनोद भण्डारी, प्रतिश जि.सी र सागर ढकाललाई बेन्चमा राखेको छ ।

Share Now

Leave a comment.