Prakash Adhikari October 1, 2023

काठमाडौं, १४ असोज।  एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आन्तरिक हवाई सेवा यति एयरलाइन्सको ४९ प्रतिशत शेयर किन्ने भएको छ ।

एशियन लाईफले यति एअरलाइन्समा लगानी गर्न पेश गरेको प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ ।

 

 

एसियनले यति एयरलाइन्समा ४९ प्रतिशत लगानी गर्न मागेको अनुमतिलाई शुक्रबार स्वीकृति दिइएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिनुभएको छ ।

 

‘एसियनले हवाई क्षेत्र (यति एयरलाइन्समा) लगानी गर्न प्राधिकरणसमक्ष अनुमति माग्दै दिएको निवेदनलाई स्वीकृति दिएका छौं।अब एसियन लाइफले बीमा प्राधिकरणले जारी गरेको जीवन बीमा कम्पनीको लगानी निर्देशिका अनुसार यति एयरलाइन्समा लगानी गर्छ पाउँछ’ पौडेलले भन्नुभयो  ।

 

‘प्राधिकरणसमक्ष एसियनले ४९ प्रतिशतले हुने आउने १ अर्ब ७५ करोड रुपैयाँ लगानीको लागि अनुमति मागेको थियो । प्राधिकरणले अनुमति दिएकोले अब सम्बन्धित कम्पनीसँग लगानी गर्न हाम्रो तर्फबाट बाटो खुला भएको छ,’ पौडेलले भन्नुभयो।

 

यति होल्डिङ्सको यति एयरलाइन्सको हालको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यो शेयर मूल्यलाई यतिले एसियनलाई ४९ प्रतिशत सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने भएको छ ।

 

‘उक्त सेयर प्रतिकित्ता थप ७० रुपैयाँ प्रिमियम थप गरेर १७० रुपैयाँमा खरिदबिक्री गर्न गर्न दुबै पक्ष सहमत भएपछि एसियनले बीम प्राधिकरणबाट अनुमति लिएको हो ।

 

यति र एसियनबीच हुने दुईपक्षीय समझदारी (एमओय)बाट लगानी कति दिने र लिने भन्ने विषय एकीन हुने भएको छ ।

 

यति एयरलाइन्सका अनुसार एसियनले ल्याउने प्रस्तावलाई एयरलाइन्सको बोर्ड बैठकले स्वीकृत गराउनुपर्छ ।

 

यो वायुसेवाले आफ्नो कम्पनीमा लगानीकर्ता भित्र्याउने विषयको बारेमा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पनि स्वीकृति लिनुपर्ने हुन्छ । उक्त प्रक्रिया भने एसियनको प्रस्तावपछिमात्रै अगाडि बढ्ने भएको  छ ।

एशियन लाइफ इन्स्योरेन्सको अध्यक्ष दीपककुमार श्रेष्ठ हुनुहुन्छ भने सुशान्त चाचन, सुरेन्द्रकुमार गोयल, निष्ठा प्रधानाड.ग, सौरभ रुड.गटा, सजल मास्के, अच्युतराज सापकोटा सञ्चालक  रहनुभएको छ ।

 

सानो आड.छिरिड. शेर्पाले स्थापना र विकास गर्नुभएको यति एअरलाइन्सको अध्यक्ष लाक्पा सोनाम शेर्पा हुनुहुन्छ भने  श्रीमती चन्दा शेर्पा प्रबन्ध निर्देशक हुनुहुन्छ ।

Share Now

Leave a comment.