Prakash Adhikari October 1, 2023

काठमाडौं, १४ असोज। हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको छ । कम्पनीको सिईओमा उपासना पौडेल नियुक्त हुनुभएको हो ।

कम्पनी सञ्चालक समितिको बैंठकले सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । पौडेल यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनीको सिईओ हुनुहुन्थ्यो ।

सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्र शेखरनको राजीनामा समेत स्वीकृत गरेको छ ।

शेखर गोल्छा अध्यक्ष रहनुभएको हिमालयन रिइन्स्योरेन्समा साहिल अग्रवाल,अमित मोर,साक्षी गुप्ता र सुवास झुनझुनवाला सञ्चालक समितिको सदस्य रहनुभएको छ ।

Share Now

Leave a comment.