Prakash Adhikari November 4, 2023

 

काठमाडौं, १८ कात्तिक । कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर आएको भूकम्पले प्रभावितहरुको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च नेपाल आयल निगम लिमिटेडले बेहोर्ने भएको छ ।

निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने जानकारी दिएको छ ।

आर्थिक वर्ष २०८० । ८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share Now

Leave a comment.