काठमाडौं, १३ पौष । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ ।
युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगीसकेको छ । ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ । साथै कम्पनीसँग १५ मेगावाट क्षमताको म ध्य इङ्वा खोला जलविद्युत आयोजनाको इजाजतपत्र पनि लिएको छ ।
लक्ष्मी सस्टेनेबल इनर्जी फण्ड लक्ष्मी क्यापिटल कोष प्रबर्धक रहेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड हो । युनिटेक हाइड्रोबाट यसले पहिलो लगानीको शुभारम्भ गरेको छ ।
विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्र्तगत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्नको लागी इजाजतपत्र प्राप्त गर्ने शुरुका केही कम्पनीहरूमध्ये लक्ष्मी क्यापिटल एक हो । एलएसईएफ लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो । यस कोषको आकार रु १ अर्वको रहेको छ । लक्ष्मी क्यापिटल प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कोष संचालन गर्न स्वीकृति प्राप्त गरी लगानी शुरू गर्ने पहिलो केहि मन्र्चेट बैक मध्ये एक हो । यो कोषले जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्दछ ।
जिम्मेवार लगानीको प्रतिवद्धताको थप प्रमाणको रूपमा, लक्ष्मी क्यापिटल अपरेटिड. प्रिन्सिपल्स अफ इम्प्याक्ट म्यानेजमेन्टको(इम्प्याक्ट प्रिन्सिपल्स) को एक सिग्नेचरी समेत हो । जसले प्रभावकारी लगानी बजारमा अनुशासन, पारदर्शिता र विश्वसनीयता प्रवर्द्धन गर्ने विश्वव्यापी समुदायमा योगदान पु¥याउँछ । इम्प्याक्ट प्रिन्सिपल्सको पहिलो सचिवालय आइएफसी अन्तर्गत रहेको छ ।


















