Prakash Adhikari December 29, 2023

काठमाडौं, १३ पौष । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले आफ्ना शेयर धनीहरुलाई हकप्रद शेयर निष्काशन गर्ने तयारी थालेको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल लिमिटेड इश्यु म्यानेजर नियुक्त गरेको छ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटलबीच साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष नरेन्द्रबल्लभ पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर साधारणसभाबाट पारित भएपश्चात निष्काशन हुनेछ ।

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको “तल्लो मोदी – १ जलविद्युत आयोजना” २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।

Share Now