काठमाडौं, २० पौष। बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी र अफिसियलहरुलाई २० जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबीच आज उक्त सम्झौता भएको हो ।
सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका जाने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमलाइ मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुज बस्नेत र रामप्रसाद अर्यालले सम्मानसहित बिदाइ गर्नुभएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको विदाई कार्यक्रममा क्यानका सचिब पारस खड्काले खेलाडीहरुको हौसला बढाउन सहयोग गरेकोमा मेरीना इम्पेक्सलाइ धन्यबाद दिनुभएको थियो।
नेपाली क्रिकेट खेलाडीहरुको हौसला बढाउन सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ । यसअघि पनि टी २० वर्ल्ड कपमा मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिएको थियो ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सचिव टङकलाल घिसिङसहित क्यानका अध्यक्ष र अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।


















