काठमाडौं, २३ पौष। ग्लोबल आइएमई बैंकले आफ्नो १७ औं वार्षिकोत्सवका अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको सुखीपुर नगरपालिका ८ स्थित सुखीपुर स्वास्थ्य चौकी र म्याग्दीको अन्नपूर्ण गाँउपालिका ६ पोखरे आधारभूत विद्यालयमा शिविर सञ्चालन गरेको हो।
सुखीपुर स्वास्थ्य चौकीको शिविरमा १ सय ७० र पोखरे आधारभूत विद्यालयमा गरिएको शिविरमा १ सय ८० भन्दा बढी महिलाले स्वास्थ्य जाँच गराएको बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान भएका महिलालाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ।
बैंक पुस १७ गते १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको हो।








