Prakash Adhikari January 23, 2024

काठमाडौं, ९ माघ । पूर्ण सरकारी स्वामित्वको नेपाल बायुसेवा निगमको ब्यवस्थापन करारमा दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले मन्त्रिपरिष्मा प्रस्ताव पठाएको छ ।
पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा यसको जानकारी दिनुभएको हो ।

करार व्यवस्थापनका लागि क्याबिनेटमा प्रस्ताव लगेको ४ दिन भएको छ ।मन्त्री किरातीले भन्नुभयो, ‘यो चाँडै स्वीकृत हुन्छ। करार व्यवस्थापनमा राम्रै देखिएको अनुभव छ।

नेपाल वायुसेवा निगमको सुधारको बारेमा समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री किरातीले नेपाल वायु सेवा निगमलाई नयाँ ढंगले पुनःसंरचना गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले यही अवस्थालाई निरन्तरता दिएर निगमलाई उभो लगाउन नसकिने भन्दै केही संरचनागत परिवर्तन नै गर्न आवश्यक भएको बताउनुभयो ।

‘अब हामी यो निगमलाई यस्तै स्थितिमा राखिरहने अवस्थामा छैन। यो निगमलाई दक्षिणा बाँडेर राख्न हुँदैन भन्ने मेरो निष्कर्ष छ’, मन्त्री किराँतीले भने, ‘बिग्रेको राजनीति र भाँडिएको राजनीतिको मारमा निगम छ। नयाँ ढंगले पुनःसंरचना गर्नुछ।’

यस क्रममा मन्त्री किराँतीले निगमले पछिल्लो समय ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैया ऋण तिरेको र त्यस पहिले २०७९ आषाढदेखि २०८० आषाढसम्म ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १ सय २५ रुपैया जहाज किन्न लिएको कर्जाको साँवा ब्याज भुक्तानी गरेको जानकारी दिँदै भन्नुभयो, ‘यो त देखिएको आशाका किरण मात्रै हो। ब्यवस्थापन राम्रो भए अझ सुधार गर्न सकिन्छ । हामीले निगमसंग सम्बन्धित ऐन कानूहरुमा पनि संशोधन गर्नुपर्ने खाँचो छ ।

मन्त्री किरातीले निगमभित्र पनि जिम्मेवारी पन्छाउने प्रवृत्ति रहेकोले त्यसलाई सुधार्न बिहान–बेलुकै निर्देशन दिने गरेको पनि बताउनुभयो ।

Share Now