टोरन्टो(क्यानडा), १३ माघ । एकदिवसीय श्रृखला खेल्न नेपाल भ्रमणमा आउन लागेको क्यानडाको राष्ट्रिय क्रिकेट टोलीलाई क्यानडामा रहेका एनआरएन सहित एघार वटा नेपाली संस्थाले नेपाली ढाका टोपी लगाएर बिदाइ गरेका छन् ।
क्यानले सार्वजनिक गरेको २०२४ को वार्षिक क्यालेन्डर अनुसार फेब्रुअरीको पहिलो साता क्यानडासँगको एकदिवसीय सिरिज खेल्ने तालिका छ । सोही क्यालेण्डरलाई पछ्याउदै क्यानडा राष्ट्रिय क्रिकेट टीम नेपाल भ्रमणमा आउने तयारीमा छ । उनीहरुमा नेपालप्रति सद्भावना कायम गराउन यो बिदाइ कार्यक्रम आयोजना गरिएको गैरआबसीय नेपाली संघ (एनआरएनए )क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले जानकारी दिनुभएको छ।
सामूहिक बिदाइ कार्यक्रम एनआएन ए क्यानडा सहित नेपलिज कम्युनीटि नेटवर्क अफ क्यानडा,लालीगुरास स्पोर्टस क्लब,नेपलिज पिपल्स एन्ड कोर्डिनेशन कमिटि,नेपाल हाउस,क्यानडा नेपाल फ्रेन्डसिप एन्ड कलचरल सोसाइटी ,टोरन्टो नेपलिज स्पोर्टस क्लब,फेडेरेसन अफ क्यानडा नेपाल च्याम्बर अफ कमर्स, चितवन सोसाइटी क्यानडा,नेपलिज क्यानडियन हेरिटेज सेन्टर,क्यानडियन नेवारी गुठी लगायत एघार नेपाली संस्थाहरुको आयोजनामा गरिएको थियो ।
ू नेपाल भ्रमणमा जान लागेको क्यानडा राष्ट्रिय क्रिकेट टिमलाई शुभकामनासहित बिदाई गरेर नेपाल भ्रमणमा खेलका साथै नेपाली संस्कृति, प्राकृतिक र ऐतिहासिक महत्वका रमणीय ठाँउहरु घुम्ने अवसर मिलोस् भन्ने सद्भावना व्यक्त गरिएको एनआरएनए क्यानडाका सचिव बिनोद कोइरालाले बताउनुभयो ।
एनआरएनएका सभापति किरोज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि क्रिकेट क्यानडाका अध्यक्ष राजपाल बजुवा , विशेष अतिथि नेपाल क्यानडा संसद मैत्री समूहका अध्यक्ष सोनिया सिद्दू,संसद सदस्य महेन्द्र सिद्दू , नेपाली राजदूतावासका कार्यबाहक राजदूत रोजिना ताम्राक़ार,क्रिकेट क्यानडाका महासचिब फराह खान ,क्रिकेट क्यानडाका निर्देशक सलमान खान हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरुमा लालीगुरास स्पोर्टस क्लबाट भूमि घिमिरे,नेप्लिज पिपल्स एण्ड कोर्डिनेशन कमिटिबाट मुक्ति पौडेल,नेशनल ब्लड डोनर एसोसिएसनबाट लीलानाथ पांडे ,नमस्ते रेडियोका सीईओ अनिल थापा साथसाथै नेपाली समाजका प्रतिनिधिहरु ,पत्रकारहरुको उपस्थिति रहेको थियो ।
स्पेरेन्जा व्यान्कवेट हल ब्राम्पटनमा भएको कार्यक्रमको संचालन एनआरएनए क्यानडाका युवा संयोजक प्रतिक भंडारीले गर्नुभएको थियो । स्वागत मन्तव्य एनआरएनए क्यानडाका महासचिव चन्दा अधिकारीले गर्नुभएको थियो।