Prakash Adhikari January 30, 2024

काठमाडौं, १६ माघ। शेयर बजार मंगलबार पनि उकालो लागेको छ । आज धितोपत्र बजार  परिसूचक १४.८८ अंक बढेर २११९.६१ विन्दुमा पुगेको छ।

आज शेयर बजारमा विभिन्न कम्पनीमा ३ सय ८ थरी शेयरको खरिदबिक्रीबाट ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन सिनर्जी पावर डेभलपमेन्ट र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.३५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७५ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम करिब २१ करोड पुगेको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको हो।

Share Now